यसवर्षको अन्तर्दृष्टि पुरस्कार घोषणा: रेडियोकर्मीसहित गोरखाका शिक्षक र विद्यार्थीलाई
पाेखरा | मंसिर १७, २०८०
पोखरा: डा.कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज पुरस्कार घोषणा गरिएको हो ।
यसवर्षको अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माविका शिक्षक किशोरकुमार श्रेष्ठ, अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माविकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार रेडियोकर्मी अच्युत घिमिरेलाई प्रदान गर्ने निर्णय भएको संयोजक होमनाथ अर्यालले जानकारी दिए ।
पुरस्कारको राशि रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको राशि रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि रु. १० हजार रहेको छ । पुरस्कार बसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

